|

बैतडी : विजयादशमी तथा दीपावलीको अवसरमा दार्चुलामा प्रथम अपी प्रिमियर लिग (एपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ।

अपी हिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सह आयोजनामा कात्तिक ७ गतेदेखि प्रतियोगिता सञ्चालन हुन लागेको हो।  

अपी हिमाल गाउँपालिका–४ सम्देलीचौड खात्तीमा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ७ टोली सहभागी हुने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि खेलाडी छनोट अक्सनमार्फत असोज ३० गते गरिने प्रतियोगिताका निर्देशक खडक लोथ्यालले जानकारी दिए।  दार्चुला जिल्लाको क्रिकेटको इतिहासमै पहिलोपटक अक्सनमार्फत खेलाडी छनोट गरिन लागिएको बताए। 

प्रतियोगितामा प्रथम पुरस्कार नगद  ७५ हजार  र द्वितीय पुरस्कार रु ४० हजार ट्रफी र प्रमाणपत्र राखिएको छ।  यस्तै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई नगद  पाँच हजार मेडल र प्रमाणपत्र पाउनेछन्। उत्कृष्ट ब्याट्सम्यान,उत्कृष्ट बलर, उदयीमान खेलाडी, अनुशासित खेलाडीले जनही  २ हजार ५०० नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र पाउने जनाईएको  छ।  प्रतियोगिता कात्तिक १४ गतेसम्म सञ्चालन हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.