फिचर : फोटो फिचर

बालबालिकाको चंगा‍‍ उमंग, फोटो फिचर
SHARES

असोज २९, २०७५

    काठमाडौं : न जाडो न गर्मी, वर्षा सकिएर उघ्रेको मौसम, अनि घमाइलो बिहानीसँगै दशैंको आगमन भइसकेको छ। गाउँघरतिर लिंगेपिङ र रोटेपिङको उमंग जागिसकेको छ भने शहरमा सपिङको महोल तातिसकेको छ। तर टोलटोलका बालिबालिका भने यी सबै कुरालाई बिर्सिएर एक ठाउँमा भेला भएर चंगा उडाउन थालिसकेका छन्।

    अरू बेला पनि चंगाको उमंग जागे पनि दशैं र चंगाको बेग्लै अर्थ छ। विशेषगरी बालबालिकाहरू घटस्थापनादेखि चंगा उडाएर खुसी साटासाट गर्न मन पराउँछन्। किनकि घटस्थापनादेखि विद्यालय पनि बिदा हुने भएकाले उनीहरू खुलेर चंगाका विभिन्न रंगसँगै रमाइरहेका देख्न सकिन्छ। उनीहरू हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्‍याएर खुसी साट्न आतुर देखिन्छन्। साथै उनीहरू साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन पनि उतिकै हतार देखिन्छन्।

    फोटोमा हेर्नुहोस् बालबालिकाको उमंगको उडान :

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]