|

सिरहा : धनगढीमाई नगरपालिका ९ का जिलासकुमार यादवको हत्या भएको छ। उनको शव सोमबार धनगढीमाई नगरपालिका ७ कसहाको टेना टोल नजिक भेटिएको हो।

धनगढीमाई नगरपालिका ९ महुवा डाँडा घर भएका जीवछ यादवका १८ वर्षीय  वर्षीय जिलासकुमारको शव खेतबारीमा जाँदै गरेका स्थानीय गाउँलेले मसलाको रूख भएको बारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धान थालेको हो। इलाका प्रहरी कार्यालय गोलबजारबाट आएको प्रहरी टोलीले घटनास्थल शिल गरेर अनुसन्धान थालेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार प्रहरीले स्थानीय जनप्रतिनिधिको समेत उपस्थितिमा घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि लहान पठाएको छ।

गाउँका दुई जना साथीसँग चोकतिर घुम्न गएका जिलास साँझ घर नफर्किएपछि परिवारजनले खोजी गरिरहेकै बेला शव भेटिएको हो। मृतक यादवसँग घुम्न निस्किएका व्यक्तिहरूको नाम भने खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.