|

बझाङ : संसद भैरवबहादुर सिंहले जिल्लामा ठेक्का ओगट्ने तर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने दाबी गरेका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङद्वारा सोमबार सदरमुकाम चैनपुरमा आयोजित विजया दशीको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सा‌सद सिंहले उक्त कुरामा दाबी गरेका हुन्। 

ठेक्का ओगट्ने तर समयमा काम नगर्ने ठेकेदारले जिल्लाको विकास निर्माणको गतीलाई पछाडि धकेलेको भन्दै माननीय सिहंले आगामी दिनमा ठेकेदारहरूले इमान्दारिका साथ समयमै काम सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन्। आइतबार गृह जिल्ला बझाङ पुगेका संसद सिंहले जिल्लामा संचालित विभिन्न योजना तथा आयोजनाहरूको समेत स्थलगत अनुगमन गरेका छन्।

संसद सिंहले जिल्लाको बित्थडचिर गाउँपालिकास्थित निर्माणाधीन देउलेख प्राथमिक स्वास्थ्यचौकी भवन, बझाङमा विस्तार हुन लागेको राष्ट्रिय विद्युत प्रशारण लाइन, झनना तमैल र पानकोट पक्की पुल लगायतका आयोजनाहरूको स्थलगत अनुगमन गरेका छन्। 

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका प्रमुख बीरेन्द्रबहादुर खड्काले जिल्लाबासीलाई सुख शान्ति र समृद्धि मिलोस् तथा जिल्लाले दीगो विकासको आभास गरोस् भन्दै शुभकामना दिए।

बझाङ जिल्लामा संचालित अधिकांश ठूला लगानीका आयोजनाहरूको काम समयमा सम्पन्न हुन नसक्दा कति पय आयोजनाहरू अलपत्र अवस्थामा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.