|
फाइल फोटो

काठमाडौं : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्य घटेको छ।

नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ०.७९ विन्दुले घटेर एक हजार २४१.६४ विन्दुले बढेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४५ विन्दुले घटेर २६४.१० विन्दुमा पुगेको छ।

स्टकका अनुसार कूल १५२ कम्पनीको १४ लाख ६४ हजार ८९४ बित्त शेयर रु ३३ करोड ५८ लाख ६५ हजार ५२३ मूल्यमा खरिदबिक्री भएको छ। कारोबार रकम भने आइतबारको तुलनामा बढी हो।

स्टकका अनुसार कारोवार भएका विभिन्न दश उपसमूहमध्ये पाँच उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने पाँच उपसमूहको शेयर भने घटेको छ। होटल ५.४२, वित्त ३.३५, निर्जीवन बीमा १२.३५, उत्पादन २४.३३, जीवन बिमा २.६४ प्रतिशतले वृद्धि भएको छ।

यस्तै बैंकिङ ०.४६, विकास बैंक ५.३२, जलविद्युत् ५.९७, अन्य ४.३६ र माइक्रोफाइनान्स ०.६ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.