समाज

ट्याक्सी दुर्घटनामा एकै परिवारका पाँचजना घाइते, तीनको अवस्था गम्भीर
SHARES

असोज २९, २०७५

    सिन्धुली : बनेपा-सिन्धुली-बर्दिवास (बीपी) राजमार्गअन्तर्गत सिन्धुली खण्डको कमलामाई नगरपालिका २ मा सवारी दुर्घटना हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। 

    सिन्धुलीको कमलामाई नगरपालिका २ को सेल्फिडाँडा मुनी साेमबार भएको दुर्घटनामा परी पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि उनीहरूलाई सेनाको हेलिकाेप्टरबाट काठमाडौं लगिएएको छ। काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २ च २११३ नं ट्याक्सी दुर्घटनामापरी ३६ वर्षीय अर्जुन तामाङ, उनकी श्रीमती २८ वर्षीया सुनिता तामाङ, ७ वर्षीया छोरी सुप्रिया तामाङ, ३ वर्षीय छोरा अल्वर्ट तामाङ र दाजु ३८ वर्षीय कुमार तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते कुमार,अर्जुन र छोरी सिल्वीलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई ढाड, टाउको र अन्य भागमा ठूलो चोट लागेको छ। अर्जुनले काठमाडाैंबाट अाफै ट्याक्सी चलाएर कमलामाई नगरपालिका १३ रानीवासमा रहेको मुल घरमा दशैं मनाउनका लागि आउँदै थिए।

    अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ ट्याक्सी करिब ४०० मिटर तल खसेको थियो। सामान्य घाइते आमा छोराको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]