|

बैतडी : नेपाल क्रिकेट संघ क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विवाद समाधान गर्नका नेपाल क्रिकेट संघ क्यान सधैँ लागिपरेका बताएका छन्। सोमबार अध्यक्ष चन्दले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडाैंमा सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको लोगो सार्वजनिक कार्यक्रममा त्यस्ताे बताएका हुन्।

आइसिसिले भनेअनुसार नै हामीले सबै काम गरेको भन्दै उनले निलम्बनमा परेको  नेपाली क्रिकेटलाई आईसिसिले छिट्टै फुकुवा गर्ने विश्वास समेत ब्यक्त गरे।  
नेपाली क्रिकेटलाई निकास दिनका लागि हामीले सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई फिर्ता लिन लागिएको उनको भनाई छ। आईसिसिले भनेअनुसार नै विधान हुबहु पारित गरेको स्मरण गराउँदै उनले उक्त मुद्दा पनि फुकुवाको अड्चन भए त्यसलाई पनि फिर्ता लिन लागेका हौ।

क्रिकेटको विकासका लागी सरकार खासैचासो नदिएको समेत उनले आरोप लगाए। नेपाली क्रिकेटको विकासमा लागी सधैँ आफूहरू लागी परेको बताए।

एनपिएलको लोगो सार्वजनिक 

अगामी कात्तिक ८ गतेदेखि सुरु हुने निंगलाशैनी प्रिमियर लिग (एनपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको लोगो नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्द र निंगलाशैनी क्रिकेट क्लब (एनसिसि) का अध्यक्ष महेस भण्डारीले संयक्त रूपमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।

निंगलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनाका सञ्चालन हुने प्रतियोगितामा प्रथम परस्कार एक लाख ११ हजार १११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र रहेकाे छ। त्यसैगरी  द्वितीय पुरस्कार ५५ हजार ५५५ रुपैयाँ, ट्रफी र प्रमाणपत्र  राखिएको आयोजक  निंगलाशैनी क्रिकेट क्लब (एनसिसि) का अध्यक्ष महेश सिंह भण्डारीले बताए। कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी  एक जनालाई  ११ हजार १११ ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एक/ एक जनालाई जनही पाँच हजार ५५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने जनाइएको छ। 

१२ टोलीको सहभागिता रहने प्रतियोगितामा सर्वाधिक छक्का हिर्काउने एक जनालाई दुई हजार २२२, सर्वाधिक चौका हिर्काउने एक जनालाई एक हजार १११ र सर्वाधिक क्याच समात्ने एक खेलाडीलाई नगद एक हजार १११ नगद, ट्रफी र प्रमाणपत्र  पुरस्कार पाउने बताइएको छ। यस्तै अनुशासित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्टता प्रदर्शन गर्ने १ जना खेलाडीलाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने जनाएइको छ।  

प्रतियोगितामा सहभागी हुने टोलीमा ३ जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी  समेत राख्न सक्ने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू निंगलाशैनी खेल मैदान देहिमाडौंमा सञ्चालन हुनेछन्।  

प्रतियोगितालाई ४ समूहमा विभाजन गरी खेलाइने भएको छ। क्रिकेटको उर्वरभूमिको रुपमा चिनिँदै आएको बैतडीमा प्रतिभावान खेलाडीको खोजीको लागी प्रतियोगिता आयोजना गरिएको निंगलाशैनी क्रिकेट क्लब (एनसिसि) का अध्यक्ष भण्डारीको भनाई रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.