|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोक सेवा आयोगको प्रादेशिक संरचना गठन नहुँदासम्म सङ्घीय आयोगले राष्ट्रसेवक कर्मचारीको भर्ना गर्ने बताएका छन्।

रि0पोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले संविधानले प्रदत्त गरेको स्थानीय, प्रदेश र संघको अधिकारभन्दा बाहिर गएर गरिएका कार्य खारेज हुने बताउँदै कुनै पनि प्रदेशले अहिले कर्मचारी भर्ना गर्न नसक्ने बताए।

प्रशासनिक व्यवस्थापनका कार्य धेरै अगाडि बढिसकेको बताउँदै उनले तीन तहको संगठन संरचना तयार गरी कर्मचारीलाई व्यवस्थित गरिने बताए। मन्त्री पण्डितले भने, ‘मुलुकको नयाँ संरचनामा केन्द्रबाट तल्लो तहमा अधिकार जाने अभ्यास छ, कर्मचारी व्यवस्थित गर्नका लागि आवश्यक ऐन, नियम तर्जुमा भइरहेको छ।’

उनले संघीय निजामति विधेयक मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिँदै आगामी पुस मसान्तभित्र राष्ट्रसेवक कर्मचारीलाई व्यवस्थित गर्न सकिने बताए। तीन तहमा करीब रु एक लाख १९ हजार कर्मचारी आवश्यक हुने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.