|

कैलाली : प्रतिबन्धित लागुऔषधसहित धनगढीको जुगेडा नाकाबाट एकजना सशस्त्र  प्रहरी जवान सहित चार जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीका जवानसहित चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको हो। 

भारतवाट अवैध नाका हुदै लागुऔषध नेपाल ल्याइरहेको विषेश सूचनाका आधारमा सशस्त्र  प्रहरी जवान महेश पुजारासहितका अन्य टेक थापा, विनोद कुँवर र विमल सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनिहरुको साथवाट ९० ट्यावलेट नाइट्रोभेट र ३ वोतल कोरेक्स वरामद गरिएको प्रहरीले जनाएको छ। चारै जनालाई सोमबार कैलाली जिल्ला अदालतवाट म्याद थप गरी कारबाहि प्रकृया अघि वढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनिहरुलाइ अवैध लागुऔषध ओसारपसार ऐन अन्र्तगत मुद्धा चलाउने भएको छ।

टीकापुर दरबन्दि भइ सुर्खेतमा कार्यरत सशस्त्र  प्रहरी जवान थापा घर विदामा आएका वेला पक्राउ परेको सशस्त्र  प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्रबहादुर थापाले बताए। डीआईजी थापाले भने ‘कानुनी कार्वाहीसँगै तत्काल निलम्बन गरी वर्खास्त गरीने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.