|

बाग्लुङ : नवरात्रि सुरु भएसँगै बाग्लुङका रेमिट्यान्स केन्द्रहरुमा मानिसहरुको घुइँचो लागेको छ। वैदेशिक रोजगारीमा गएकाहरुले दशैं खर्च पठाउने र आफु फर्किंदा रेमिट्यान्समार्फत रकम पठाउने भएकाले केन्द्रहरुमा घुइँचो लागको हो।

दशैं नजिकिएसँगै बाग्लुङमा झण्डै एक अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । बाग्लुङ मनी ट्रान्सफरका सञ्चालक दुर्गा कुँवरको केन्द्रबाट मात्र छ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको कुँवरले बताए। उनले मनिट्रान्सफर केन्द्रमा दैनिक ४० लाखदेखि ५० लाख रुपैयाँसम्म कारोबार हुँदै आएको छ।

बाग्लुङ सदरमुकामका रहेको दजनौं मनीट्रान्सफरहरुबाट दशैंका बेला दैनिक छ करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। कालिका मनिट्रान्सफरका सञ्चालक अनुप रिजालले दशैँको मौकामा रेमिट्यान्स रकम बढेने गरेको बताए। सयपत्री मनिट्रान्सफरका देबु पोडेलले अन्य समय दैनिक १० लाखको कारोबार हुने गरेकामा पछिल्लो समय २५ देखि ३० लाख रुपैयाँको हाराहारीमा कारोबार हुने गरेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.