|

काठमाडौं : दशैँको टीका लगाउने दिन आउन चार दिनमात्र बाँकी छ। काठमाडौं उपत्यका लगायत देशभर दशैँको चहलपहल शुरु भइसकेको छ।

देशमा दशैँको चहलपहल भइरहेका बेला ललितपुरको खोकनामा भने जात्राको रमझम छ। खोकनाका नेवार समुदाय कहिल्यैपनि दशैँ मनाउँदैनन्। उनीहरू दशैँको सट्टा रुद्रायणी जात्रा मनाउछन्। खोकनाका नेवार समुदाय तृतीया तिथिबाट साप्तमीसम्म पाँच दिन धुमधामका साथ रुद्रायणी देवीको ‘सिकाली’ जात्रा मनाउछन्।

परम्परा अनुसार अमर मल्लले विक्रम सम्वत १५८६ देखि १६१७ सम्म राजा भएको अवधिमा खोकना बासीलाई रुद्रायणी देवीको मन्दिर बनाउन लगाएका थिए। मल्ल राजाले रुद्रायणी देवीको स्थापना गरेपछि यहाँका स्थानीय रुद्रायणी देवीको पूजापाठ र आराधाना गर्छन्। 

जात्रा अवधिमा खोकना बासी पाहुना वा आफन्त बोलाउँछन् र मिठो मसिनो खुवाउँछन्। सप्तमीको दिन रुद्रायणी देवीको ‘सिकाली’ जात्रा निस्कन्छ। खटमा रुद्रायणी देवीलाई राखेर जात्रा निकालिन्छ र पूरै टोल परिक्रमा गरेर जात्रा समापन गरिने प्रचलन रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.