|

बैतडी : देशका अन्य जिल्लामा रहेका नेपाली सेनाले फूलपातीका दिन ब्यारेकभित्र निसान भगवतीको पूजा गर्ने भए पनि बैतडीमा ब्यारेक बाहिर निसान भगवतीको पूजा गरेको छ। बैतडीमा निशानदेवी तथा चण्डी भगवतीको मन्दिर रहेको ब्यारेक बाहिर निसानको पूजा गर्ने गरिएको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी प्रेम बहादुर गिरीले जानकारी दिए।

शत्रुमर्दन गुल्मले आज निसान भगवतीको पूजाआजा गरी फुलपाती भित्र्याएको छ।   जिल्ला सदरमुकाम गढीबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले शाहिलेकस्थित निसान देवी भगवतीको मन्दिरमा बोका र कुपिण्डोको बली दिनुका साथै पूजाआजा गरी सेनाको ब्यारेकभित्र फूलपात भित्र्याइएको हो। निसान भगवतीको मन्दिरमा जगन्नाथ मन्दिरका पूजारी हरिहर भट्टद्वारा पूजापाठ गरिएको थियो। सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पण गरेका थिए।

पूजाआजा तथा फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे, प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरी, सशस्त्र प्रहरीका डिएसपी दुर्गादत्त पन्त, जिल्ला अनुसन्धान कार्यालयका डिएसपी पवन जोसीलगायतको सहभागीता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.