|
एजेन्सी

भारतीय गायक कैलाश खेरलाई महिलामाथि यौन शोषण गरेको आरोप लगेको छ। गायिका सोना महापात्रापछि अर्की एक गायिकाले पनि आफूमाथि गायक खेरले यौन शोषण गरेको आरोप लगाएकी हुन्। पछिल्लो समय भारतमा मिटू मुभमेन्टमार्फत् महिलाहरूले आफूमाथि भएको यौन उत्पीडनका बारेमा खुलेर बोल्न थालेका हुन्।

गायिका वर्षा सिंह धनोआले एक भिडियो सन्देशमार्फत कैलाशले यौन शोषण गरेको बताएकी हुन्। उनले आफ्नो भिडियो सन्देशमा भनेकी छन्, उहाँले मलाई भेट्न बोलाउँनु भयो। त्यसपछि यहाँले मलाई म्यासेज गरेर प्रेमका बारेमा बताउँन चाहेको भन्नु भयो।' उनले ११ मिनेट लामो भिडियोमा आफ्नो कुरा बताएकी छन्।

उनले सो भिडियोमा गायक तोशी साबरीमाथि पनि यौन उत्पीडनको आरोप लगाएकी छन्। 'म उहाँको गाडीमा बसेँ। उहाँले मलाई ड्रिंक आफर गर्नु भयो। त्यसपछि उहाँले मलाई दुर्व्यवहार गर्नुभयो,' उनले भनिन्। उनले आफूमाथि रेकडिङ स्टुडियोमा पनि साबरीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।  

वर्षा सिंहबाहेक कैलाशमाथि गायिका सोना मोहपात्रा र अन्य दुई महिला पत्रकारले पनि यौन शोषण आरोप लगाएका थिए। उनले आफ्नो सफार्इका क्रममा आफू उक्त आरोपबाट अचम्मित परेको बताएका छन्। उनले आफ्नो कुरा गराइ र व्यवहारले कसैलाई ठेस पुगेको भए आफूलाई माफ गरिदिन पनि आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.