|

रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका–३ भीरपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतक बालिका रहेको प्रहरीले जनाएको छ। तर उनको परिचय खुलेको छैन। 

घाइते २९ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए। २९ मध्ये तीनको अवस्था निकै नाजुक रहेको उनले बताए। 

घाइतेमध्ये १० जनालाई उपचारको लागि धुलीखेल अस्पताल पठाइएको र अन्यको सिन्धुलीको सुनकासी गाउँपालिकामा रहेको भरोसा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

काठमाडौंबाट–रामेछापको गाल्पा बजार जाँदै गरेको बा३ख ४६७५ नम्बरको बस खाँडादेवी गालिकाको भिरपानीस्थित सार्की पँधेरो भन्ने स्थानमा दुर्घटना भएको हो। 
विपरीत दिशाबाट आइरहेको सवारीलाई साइट दिने क्रममा बस सडकबाट करिब ५० मिटर तल पुगेको सूचना अधिकारी अदालतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.