लागुऔषध ओसारपसारमा अटोरिक्सा प्रयोग

|

कपिलवस्तु : कपिलवस्तुमा लागुऔषध ओसारपसारका लागि अटोरिक्साको प्रयोग गरिँदै आएको तथ्य बाहिरिएको छ। कपिलवस्तु प्रहरीले अटोरिक्सामा लुकाइछिपाई ल्याइएको अवस्थामा लागुऔषधसहित चार जनालाई पक्राउ गरेसँगै सो तथ्य बाहिरिएको हो। जिल्लामा खुला सिमानाको फाइदा उठाउँदै लागुऔषध प्रयोगकर्ताहरूले विभिन्न तरिकाले ओसारपसार गर्दै आएका छन्।

प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्र चाकरचौडाबाट लु १ ह ११८८ नम्बरको अटोरिक्सासहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रवि रावलले बताए। पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका २ का २३ वर्षीय श्याम चौधरी, रुपन्देही जिल्ला सैनामैना नगरपालिका १० का ३७ वर्षीय रवीन्द्रकुमार थापा, सोहि स्थानका ३५ वर्षीय डम्बर बहादुर चौधरी, २५ वर्षीय सुदीप गुरुङ भन्ने अनिश श्रीस रहेका छन्।

उनीहरूको साथबाट स्पास्मो प्रोक्सोभोन प्लस क्याप्सुल ३२ थान, नाइट्रोजेपाम ३० चक्की, चरेश १० ग्राम बरामद गरिएको प्रहरी नायव उपरीक्षक रावलले बताए। पक्राउ परेकाहरूलाई अवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा राखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.