|

काठमाडौं : गोरखनाथ सेवा समिति कोलकाताको आयोजनामा मंगलबार नवदुर्गा प्रतिमास्थलमा फूलपाती भित्र्याइएको छ।

न्यू मार्केट, कोलकातामा घटस्थापनाका दिन स्थापना गरिएको दुर्गाको मूर्तिमा नेपाली हिन्दूहरुले फूलपाती भित्र्याएका हुन्। समितिले प्रकाशन गरेको ‘मौलो’ पत्रिकाको पनि आजै विमोचन गरियो । समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ, महासचिव नरविक्रम थापा, संयुक्त सचिव होमबहादुर राना, अतिथि सचिव शुकदेव प्रधान, सांस्कृतिक सचिव आशा उपाध्याय, सहसचिव देवात्री थापा, प्रचारप्रसार सचिव रामायणप्रसाद धमला र सहसचिव रामप्रसाद उपाध्याय बराल, आयोजना समितिका संयोजक भीमबहादुर श्रेष्ठ, कोलकातास्थित महावाणिज्यदूतको कार्यालयका नायब महावाणिज्यदूत रामेश्वर पोखरेल, नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडका कार्यालयका विशेष अधिकृत लक्ष्मण खड्कालगायतको सहभागितामा फूलपाती भित्र्याइएको सांस्कृतिक विभाग निर्देशक बद्रीविक्रम थापाले जानकारी दिए।

यसै अवसरमा नेपालीहरुको विविध सांस्कृतिक पहिचान झल्किने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो। कार्यक्रममा नेपाल भारत जनसांस्कृतिक मञ्च, संयुक्त नेपाली केन्द्रीय सेवा संघ, नेपाली जनसम्पर्क समिति भारत, संयुक्त नेपाली वेलफेयर ट्रस्ट, नेपाली जनकल्याण समिति हावडा, सत्यवती नेपाली धार्मिक समिति, जगत सुधार बौद्ध समिति, श्रीश्री जानकी माता धार्मिक सङ्घ, प्रवासी नेपाली समाज सेवा सङ्घका पदाधिकारी, कोलकातास्थित विभिन्न नेपाली सङ्घसंस्थाका पदाधिकारी तथा प्रतिनिधि एवं कोलकाता क्षेत्रमा बस्ने नेपाली समुदायको सहभागिता थियो।

सो अवसरमा दीनदुःखीलाई साडी, चोलो, धोतीलगायत कपडा प्रदान गरिएको थियो। नेपालीहरुले ३० वर्षदेखि बडादशैँका अवसरमा दुर्गाको मूर्ति स्थापना गरी सामूहिक रुपमा पूजापाठ गरिरहेको गोरखनाथ सेवा समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.