|

कञ्चनपुर : भीमदत्त नगरपािलका –१३ का वासिन्दाले वडाबाट स्वास्थ्य सेवा लिन थालेका छन। भीमदत्त नगरपालिकाले वडानम्बर १३ का वासिन्दाका लागि वडामा वडा स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ। 

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा स्वास्थ्य इकाई उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले नगर स्थानीयलाई वडाबाटै सेवा पुगाउने प्रतिवद्धता अनुसार अनुसार वडा नं १३ मा स्वास्थ्य इकाई सञ्चालन गरिएको बताए।

‘भीमदत्त नगरपालिकालाई वासिन्दालाई आफ्नै वडाबाट स्वास्थ्य सेवा पुगाउने प्रतिवद्धता गरेका थियौ, त्यहीं प्रतिवद्धता अनुसार वडा स्वास्थ्य इकाई उद्घाटन गरिएको छ’ नगर प्रमुख विष्टले भने, ‘अन्य वडामा पनि सेवा उपलब्ध गराउन वडा स्वास्थ्य इकाई स्थापना गर्छौ।’
नगर प्रमुख विष्टले स्वास्थ्य शिक्षा, कृषि र पर्यटनलाई भीमदत्त नगरपालिकालाई विशेष प्राथमिकता दिएर नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरिएको बताए।

वडा स्वास्थ्य इकाई स्थापना गरिएको बस्तीमा दलित समुदायको बसोबास छ। भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले स्वास्थ्य इकाईले वडाका वासिन्दालाई स्वास्थ्य सेवा लिन वडाबाट बाहिर जानु पर्ने बाध्यता हटेको बताए। ‘यहाँ सबै दलित वस्ती छ, आर्थिक, शैक्षिक, सबै क्षेत्रमा कमजोर वासिन्दाको बसोबास छ’ वडा अध्यक्ष शाहीले भने,‘अब यसले सेवा लिन बाहिर जानु पर्ने बाध्यता हट्छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.