|

चितवन : कुरिनटार केबुलकार नजिक बुधबार दिउँसो दूध बोक्ने ट्यांकरले रोकिराखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा १ झ ५६५ नम्बरको ट्याङ्करले दिउँसो १२ : ४० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी २५ वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेका एक बालक रहेका छन्। सोही घटनामा घाइते भएका पाँचजनामध्ये एकजनाको भरतपुरस्थित सरकारी अस्पताल र एकजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

अन्य तीनजना उपचारका लागि भरतपुर अस्पतालमा भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। मृतकहरू भ्यान र ट्याङ्कर कुनमा सवारी गरेकोे हो भन्ने पहिचान हुन सकेको छैन। दुर्घटनग्रस्त भ्यान सडकमा नै छ भने ट्याङ्कर त्रिशूली किनारमा खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.