|
प्रतीकात्मक फोटो

जनकपुरधाम : धनुषामा पुनः एक बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो। धनुषाको विदेह नगरपालिका ७ की १३ वर्षीया एक बालिकामाथि ६५ वर्षीय वृद्धले बलात्कार गरेको घटना सार्वजनिक भएको हो।

धनुषाको विदेह नगरपालिका ७ का ६५ वर्षीय जागेश्वर ठाकुरलाई किशोरी बलात्कार आरोपमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो। बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए।

श्रोतका अनुसार घटनालाई स्थानीय केही जनप्रतिनिधि र स्थानीय प्रहरीले समेत पैसाको चलखेल गरी ढाकछोप गर्न खोजेका थिए। तर घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। आरोपी र बलात्कृत बालिकाको मंगलबार अपराहन्न जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

श्रोतका अनुसार अहिले पनि घटना लुकाउन पीडक पक्षले पीडित परिवारलाई पैसाको प्रलोभन र दबाव दिइरहेका छन्। घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.