|

प्रियंका चोपडा र निक जोनसको विवाहको मिति तय भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार आगामी डिसेम्बर महिनामा दुवै वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।

प्रियंका र निकले भारतको जोधपुरमा वैवाहिक समारोह आयोजना गर्ने बताइएको छ। उक्त कार्यक्रममा करीब तीन दिनमम्म चल्ने छ। उनीहरूको वैवाहिक कार्यक्रममा नोबेम्बर ३० देखि डिसेम्बर २ सम्म चल्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

प्रियंका र निकले आफ्नो विवाहको तयारी आफैँले गर्न लागेका छन्। विवाहको तयारीक लागि निक पनि अहिले भारतमै छन् र उनीहरूले जोधपुरको एउटा प्यालेसमा विवाह गर्ने पक्का गरिसकेको बताइएको छ।

प्रियंका र निकको अगस्त १८ का दिन इंगेजमेन्ट गरेका थिए। उनीहरूको भेट पछिल्लो वर्ष मेट गाला इभेन्टमा भएको थियो। त्यसपछि दुवै जना नजिकिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.