|

काठमाडौं दशैं मनाउन अष्टमीसम्म २५ लाखको हाराहारीमा यात्रु बाहिरिएका छन्। महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वशन्त पन्तका अनुसार २५ लाखको हाराहारीमा यात्रु बाहिरी सकेको र बिहीबार नवमीसम्म यो क्रम जारीरहने बताए।

याे तथ्यांक स्थलमार्ग हुँदै बाहिनेहरूको संख्या मात्रै हो। हवाइमार्ग हुँदै आफ्नो घर जानेको संख्या समेत उल्लेख रहेको छ। एसएसपी पन्तले टाढा-टाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका जिल्लाका बासिन्दा भने अझै दशैंका लागि अझै गइनसकेको बताए। चाडबाडका समयमा दुर्घटना बढी हुने भन्दै ट्राफिक प्रहरीले विशेष सवारी चेकजाँच जारी रहेकाे छ।

उपत्यकाबाट बाहिरिने नाकाहरूमा ट्राफिक प्रहरी र प्रहरीको टोलीले ठूला-साना सवारी चालकलाई बिशेष चेकजाँच गरिरहेको बताए। मादक पदार्थ सेवन गरेर उपत्यकाबाट यात्रु बोकेर बाहिर जाने साना-ठूला ३६ सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

मादक पदार्थ सेवन गरेर सावारी चलाउने चालकहरूलाई नियन्त्रणमा लिएर उनीहरूको ठाउँमा अर्का सवारी चालक पठाएर यात्रुलाई गन्तव्यमा पुर्‍याउन लगाइने गरिएको पनि पन्तले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.