|
बलिउड अभिनेत्रीसमेत रहेकी श्रीमती अनुष्का शर्माका साथ विराट कोहली

भारतीय क्रिकेट कप्तान विराट कोहलीको मागका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आफ्नो नियममा परिवर्तन गर्नुपरेको छ। कोहलीले विदेशमा खेल्न जाने बेला खेलाडीका श्रीमती वा गर्लफ्रेन्डलाई लिन पाउनुपर्ने माग गरेका थिए।

बीसीसीआईको नियममा खेलाडीले विदेशमा खेल्न जाँदा साथमा श्रीमती वा गर्लफ्रेन्डलाई लिन नपाउने व्यवस्था थियो। बीसीसीआई को प्रशासकीय समितिले हालै गरेको निर्णय अनुसार खेलाडीहरूले प्रतियोगिता शुरु हुनुभन्दा १० दिनपछि श्रीमती वा गर्लफ्रेन्डलाई साथमा राख्न सक्नेछन्।

यसपहिले विदेशमा खेल हुँदा १० दिनमात्र श्रीमती वा गर्लफ्रेन्डलाई साथमा राख्ने पाउथे। यसअघि श्रीमती वा गर्लफ्रेन्डलाई खेलाडीलाई परिवारबाट टाढा राख्दा खेलमा ध्यान दिन सक्ने बीसीसीआईको दाबी थियो।

प्रशासनिक समितिले नियममा परिवर्तन गर्दै क्रिकेटरले श्रीमती वा गर्लफ्रेन्डलाई साथमा राख्दा कुनै नोक्सान नहुने दाबी गरेको छ। उसले खेल भएको १० दिनपछि मात्रै श्रीमती वा गर्लफ्रेन्डलाई साथमा राख्ने हुनाले केही नोक्सान हुन नसक्ने बताएको छ।

समितिले विदेशमा खेल्न गएका बेला खेलाडी लामो समय घरबाट बाहिर रहने भएकाले श्रीमती वा गर्लफ्रेन्ड साथमा हुँदा सकरात्मक भाव पैदा हुने दाबी गरेको छ। उक्त समितिले नियम परिवर्तन गर्नुपहिले कप्तान विराट कोहली, प्रशिक्षक रवी शास्त्री र रोहित शर्मासँग सल्लाह गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.