|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीका विभिन्न शक्तिपीठ पुगी पूजा आजा गरेकी छन्।

बडादशैंको आठौँ दिन बुधबार महाअष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीका विभिन्न १० वटा शक्तिपीठको दर्शन एवं पूजाआजा गरेकी हुन्। राष्ट्रपति भण्डारीले नक्साल भगवती, गुहेश्वरी, मैतिदेवी, कालिकास्थान, भद्रकाली, महाकाल, संकटा, नरदेवी, शोभाभगवती, इन्द्रायणी मन्दिर पुगी नवदुर्गा भवानीको पूजाआजा गरेकी हुन्। राष्ट्रपतिसँगै उनकी छोरी पनि नवदुर्गा भवानीको पूजामा सरिक भएकी थिइन्।

हरेक वर्ष बडादशैंको नवरात्र अर्थात् महाअष्टमीका दिन राष्ट्र प्रमुखबाट राजधानीस्थित नवदुर्गा भवानीका शक्तिपीठको पूजाआजा हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.