समाज

दशैँ मान्न ऋण खोज्दै प्रदेश माताहातका कर्मचारी
SHARES

प्रतीकात्मक फोटो
असोज ३१, २०७५

    दोलखा : प्रदेश माताहातका कर्मचारीले तलबभत्ता नपाएपछि दशैँ मान्न ऋण खोज्न थालेका छन्।

    टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन्। जागीर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पुर्‍याउने बेलामा उल्टै बसको टिकटको लागिसमेत खर्च माग्नु पर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे।

    इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो। सरकारी जागीरको पाँच वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष शुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैँ मनाउन घर फर्किए।

    डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन्।

    प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जलउत्पन्न कार्यालयका दोलखाका मात्र २५० कर्मचारी तलब नलिई दशैँ मनाउन बाध्य भएका छन्।

    कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतबारसम्म नआएकाले वितरण नगरिएको जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]