|

ठोरी (पर्सा) : साँझको समय। बढ्दै गएको चिसो मौसम। तर त्यो चिसो मौसमको पनि प्रवाह नगरी भेला भएका स्थानीय। यो दृश्य हो पर्साको ठोरी गाउँपालिका २ स्थित गौतमनगरको। गौतमनगरको त्यो प्रांगढमा तीन दिनदेखि यसरी नै दर्शक आइरहेका छन्।

स्थानीय दुर्गा पूजा तथा मेला आयोजक समिति ठोरीले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा उनीहरु रमाइरहेका छन्। तीन दिनसम्म स्थानीय कलाकारसँग मनोरञ्जन गरिरहेका स्थानीयले बुधबार भने हेमन्त शर्माको प्रश्तुतीसँगै रमाए। संगीतमा एउटा शक्ति हुन्छ। त्यो शक्तिले जो कोहीलाई पनि सहजै मनोरञ्जन दिनसक्छ। अझ चर्चित गीत दिन सफल शर्माका गीतबाट मनोरञ्जन नलिने त सायदै होलान्।

उनको गीतमा जो केही पनि रम्ने गर्छन्। ठोरीवासी पनि उनको प्रश्तुतीमा निकै रमाएका थिए। शर्मा बढ्दै गएको तराईको चिसोलाई पनि तताउन सफल भए। उनको प्रश्तुती नै त्यस्तै थियो। घरिघरि दर्शकको भिडमा गएर उनी आफ्नो प्रश्तुती दिन्थे। 

समितिले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा शर्माले ‘उकाली, उकालाीमा जाँदा–जाँदै’, ‘गुडेको रेल पनि’, ‘थापन–थाप हातैमा’ लगायत आधा दर्जन बढी  गीत प्रश्तुत गरे। उनले प्रश्तुत गरेका सबै गीतमा दर्शक छमछमी नाचे। 

उक्त कार्यक्रममा स्थानीय कलाकार निशान्त तामाङ, सागर श्रेष्ठले आफ्नो प्रश्तुती दिएका थिए भने हाँस्य कलाकार उमेश गौतमले हाँस्य खुराक प्रश्तुत गरेर दर्शकलाई हँसाए। यस्तै स्थानीय कलाकारले नृत्यसमेत प्रश्तुत गरेका थिए।

उक्त कार्यक्रम बिहीबार समापन हुँदैछ। समापन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती रहने आयोजक समिति अध्यक्ष बिकल आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.