|

पाकिस्तानमा छ वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा एक अभियुक्तलाई फाँसी दिइएको छ।

छ वर्षीया बालिका जनैव अन्सारीको बलात्कार गरेको आरोपमा २४ वर्षका इमरान अलीलाई लाहोरको लाहोर लखपत जेलमा  बालिकाका बाबुकै  अगाडी बुधबार फाँसी दिइएको हो। उनको बलात्कारपछि हत्या भएको भन्दै देशैभर आन्दोलन भएको थियो। 

अभियुक्त अलीले ती बालिकालाई बलात्कार पछि एउटा ठूलो भवनबाट फ्याकिदिएका थिए।  फाँसी दिइएपछि बालिकाका बाबु अमिन अन्सारीले यस्ता अपराधीको अन्त्य आफ्नै आँखाले देख्न पाएकोमा खुसी भएको बताए। उनले भने ‘म यो फैसलाबाट सन्तुष्ट छु, किनकी यस्ता अपराधीको अन्त्य मेरै आँखाले देखें।’

फाँसी दिइएका उनले अन्य छ बालिकाको पनि बलात्कार पछि बर्बर रुपमा हत्या गरेको आरोप लागेको थियो। त्यो अपराध उनले स्वीकार गरेको पाकिस्तानी अधिकारीहरुले बताएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.