|
फाइल फोटो

जनकपुरधाम : महोत्तरीमा अत्यधिक गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर एक जना युवकको मृत्यु भएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका ९ का १८ वर्षका गोविन्द साहको तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर मृत्यु भएको हो।

बिहीबार दिउँसो ज ५ प २४१८ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा रामगोपालपुर नगरपालिका ५ स्थित जंघा पुलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएको छ।

दुर्घटनामा परी टाउँकोमा गम्भीर चोट लागेका साहलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामगोपालपुरका सई अशोक झाले जानकारी दिएका छन्। मृतक साहले विनाहेल्मेट मोटरसाइकल गुडाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.