|

बैतडी : दशैंको अवसरमा बैतडीका विभिन्न शक्तिपीठहरूका एकहजार १०० पशुबली चढाइएको छ। महानवमी र महाअष्टमीमा पूजा अर्चनासहित उक्त संख्यामा राँगा र बोकाको बली दिइएको हो।

महानवमीको अवसरमा पाटनस्थित उदयदेव मन्दिर बिहीबार ३६ राँगा र ६ बोकाको बली दिइएको छ।  यस्तै महाअष्टमीको अवसरमा बुधबार देहिमाडौंमा रहेको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा ३५२ राँगा र ३३५ बोकाको बली चढाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए। महाअष्टमीको दिन निंगलाशैनी भगवती मन्दिरमा ५० हजार बढी दर्शनार्थीले दर्शन गरेको दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए।

मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा १३३ राँगा र  १६७ बोकाको बली दिइएको छ। यस्तै पुर्चौडीमा  रहेको डिलाशैनी भगवती मन्दिरमा १३ राँगा र ५० बोकाको बली दिइएको छ। यस्तै त्रिपुरा सुन्दरी मन्दिरमा पनि राँगा तथा बोकाको बली दिइएको छ। यस्तै विजया दशमीका दिन भोलि दोगडाकेदार १ रिम धुरामा रहेको भुमिराज मन्दिरमा पूजाआजासहित मेला लाग्ने स्थानीय रामसिंह कुँवरले जानकारी दिए।

यहाँका मन्दिरमा बैतडीसहित सुदूरपश्चिम र छिमेका राष्ट्र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन्। सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशुबली बैतडीमा दिइने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.