|

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। धनुषाधाम नगरपालिका ४ लक्ष्मीपुरमा बिहीबार माटो ल्याउन गएकी ८ वर्षीया बालिकाको मृत्यु भएको छ। 

घर लिप्ने माटो लिन गएको बेलामा माथिबाट खसेको ढिस्कोमा पुरिएर धनुषाधाम नगरपालिका ९ धारापानी बस्ने राम अवध यादवकी आठ वर्षकी छोरी सिर्जनाकुमारी यादवको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो। मृत्यु भएकी बालिका स्कुल विदामा चाडपर्व मनाउन आफ्नो मामा घर आएको बेला लहैलहैमा माटो ल्याउन गएको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ।

तराई मधेशमा तिहार र छठ नजिकीदै गर्दा चिकनी माटोले घर लिपपोत गर्ने प्रचलन रहेकोले बालिकाले चिकनी माटो खन्न गएको बेला माथिबाट खसेको ढिस्कोमा पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसँगै अन्य पाँचजना बालबालिकाहरू माटो खन्न गएकोमा मिका  पण्डित र रन्जिता पण्डित घाइते भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.