राजनीति

कोही ओथारो बस्दैमा सरकार ढल्दैन : ओली
SHARES

कात्तिक १, २०७५

    दमक(झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि आरोपको ओथोरा लगाएर बस्दैमा सरकार नढल्ने दाबी गरेका छन्। दशैँ लक्षित कार्यक्रका लागि बिहीबार गृहजिल्ला झापा आएका उनले बिर्तामोडमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा सरकारविरुद्ध प्रतिपक्षीले अनेक आरोप लगाइरहेको भन्दै ती आरोप र तर्कले सरकारलाई केही फरक नपार्ने पनि बताए।

    आफैँले आयोजना गरेको दशैँ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्दै हल्ला फैलाउने र षड्यन्त्र गर्नेको षड्यन्त्रका ओथारा काम नलाग्ने टिप्पणी गरेका हुन्।

    उनले सरकारको प्राथमिकता नै नागरिकलाई सेवा सुविधा दिने, सुशासन कायम गर्ने र विकासलाई तीव्रता दिने रहेको दाबी गरे। प्रधानमन्त्री ओलीले धेरै नागरिकको चाहनाले नै अहिलेको सरकार बनेको र आफूलाई प्रधानमन्त्री बनाएको बताउँदै सरकार सुशासनको बाटोबाट पछि नहट्ने दृढता व्यक्त गरे। 

    सरकारको लक्ष भनेकै राष्ट्रिय संकल्प पूरा गर्ने र सो संकल्प भनेकै सुसासन र विकास रहेको उनको भनाइ छ।
    उनले बिहीबार नै झापा जिल्ला रेडक्रस सोसाइटीको स्वर्ण महोत्सव स्मारिका विमोचन गरे। विमोचन कार्यक्रममा ओलीले झापा जिल्ला रेडक्रसले ५० वर्षमा ठूलो योगदान गरेको उल्लेख गरे। 
    ओली बिहीबार अपराह्न नै आफ्ना बुबालाई साथमा लिएर काठमाडौं फर्किए। उनी बिहीबार जिल्लावासीलाई शुभकामना दिन झापा आएका हुन्। हरेक वर्ष नवमीका दिन हुँदै आएको कार्यक्रमअनुसार शुभकामना आदानप्रदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको ओलीको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]