|

बंगलादेशमा संसदीय निर्वाचनको मिति घोषणा गरिने भएको जानकारी त्यहाँको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगले आगामी नोभेम्बर महिनाको अन्तिम साता यहाँको संसदीय निर्वाचनको मिति घोषणा गरिने र सो निर्वाचन आगामी डिसेम्बर महिनाको अन्तिम सातातिरका लागि आयोजना गरिने जानकारी दिएको हो।

बंगलादेशको निर्वाचन आयोगका सचिव हेलाल उद्दिन अहमदले बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै भने, 'हामीले नोभेम्बरको अन्तिम साता निर्वाचनको घोषणा गरिने छ र आगामी डिसेम्बरको अन्तिम सातातिर निर्वाचन सम्पन्न गरिने छ।'

बंगलादेशका वर्तमान प्रधानमन्त्री शेख हसिनाको पाँच वर्षे कार्यकाल आगामी वर्षको जनवरीमै पूरा हुदैछ। उनी बंगलादेशको नेशनल अवामी लिगको तर्फबाट प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।

सचिव अहमदले भने, 'बंगलादेशमा संसदीय निर्वाचन गर्ने उचित समय डिसेम्बरको अन्तिम साता हो र हामीले सोही समयका लागि तयारी गरिरहेका छौँ।'

तर निर्वाचनको निश्चित दिन भने अझै तोकिएको छैन। निर्वाचनको मिति कहिले तोकिन्छ भन्ने विषयमा बंगलादेशमा व्यापक मात्रामा चर्चा शुरु भएका छन्। नेशनल अवामी लिगले सन् २००९ देखि यहाँ शासन गर्दै आएको छ।

सो दलले सन् २००९ मा करिब दुई तिहाई बहुमतको नजिक मत प्राप्त गरी शासन गरेको हो। त्यसपछि सन् २०१४ मा भएको आमनिर्वाचनमा पनि सोही दलले नै स्पष्ट बहुमत ल्याएको थियो। सो मतपछि उक्त दलले नै शासन गर्दै आएको छ।

राजनीतिक विश्लेषकहरु अहिले अब आउने निर्वाचनमा पनि सोही दलले नै बहुमत हासिल गरी सत्तामा पुग्ने आशामा रहेको विश्लेषण गर्ने गरेका छन्।

अवामी लिगले पछिल्ला केही वर्षहरुमा भने प्रमुख विपक्षी दल बंगलादेश नेशनल पार्टीको चुनौती सामना गरिरहेको बताइन्छ। सत्ताको कडा आलोचना र आन्दोलनमा पछिल्लो कार्यकालभरी नै सो दलले समस्या उत्पन्न गर्ने गरेको गरिरहेको छ।

उक्त दलको प्रमुखमा बंगलादेशकी अर्की नेत्री खालिदा जिया छन्। उनी बंगलादेशको पूर्वप्रधानमन्त्री पनि हुन्। पूर्वप्रधानमन्त्री जियाको दलले राजनीतिक दल विनाको सरकारले संसदको निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ। अवामी लिगले नै गराएको यसअघिको अर्थात् सन् २०१४ को निर्वाचनमा धाँधली भएको भन्दै जियाको दलले निर्वाचन बहिस्कार गरेको थियो।

सो दलले यस पटक पनि अवामी लिगले निर्वाचन गराएमा सहभागी नहुने बताउँदै आएको छ। साथै सो दलले जियालाई रिहा गर्न पनि माग गरेको छ। जियालाई भ्रष्टाचारको आरोपमा जेल सजायँ दिइएको छ। उन दुई वर्षभन्दा लामो समयदेखि जेलमै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.