समाज

भक्तपुरमा खःमेय अर्थात राँगा दौडाउने जात्रा
SHARES

कात्तिक १, २०७५

    भक्तपुर : बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय व्वाकेगु (राँगा दौडाउने) जात्रा बिहीबार सम्पन्न भएको छ। धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेयलाई महिषासुर दैत्यको प्रतीकका रुपमा मानी खःमेय जात्रा मनाइने परम्परा रहेको छ।

    महिषासुरको प्रतीक मानिएको खःमेय जात्रा विजयादशमीको एक महत्वपूर्ण जात्राका रुपमा लिने गरिन्छ। महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुने हुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बली पूजा गरी जात्रा मनाउँदै आएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए।

    नवदुर्गा देवगृहमा राखिएका खःमेयलाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछे (देवगृह) बाट बाहिर निकाली दौडाएर व्रम्हायणी पीठसम्म पुर्‍याइन्छ। नवदुर्गा भवानीलाई चढाइने खःमेयकाे टाउकोमा दुई चक्करसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरीरभरि कुनै घाउचोट नलागेको, कम्तिमा पनि १०० धार्नी तौल भएको मोटोघाटो चाहिन्छ।

    खःमेयकाे स-साना मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई, धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ। उक्त धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन रहेको छ।त्यस दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने आदि जनविश्वास रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]