काठमाडौं : दशैँमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने कथन छ। दशैँको एउटा मज्जा पनि यही पिङ हो। दशैँ-तिहारमा ग्रामीण क्षेत्रको मुख्य आकर्षण भनेकै रोटेपिङ र लिङ्गे पिङ हुन्। पिङमा वृद्धावृद्धा, युवादेखि बालबालिकासम्म झुमिन्छन्।
यो पनि दशैँमा मनोरञ्जनको एउटा साधन हो। तर पछिल्लो समय गाउँघरतिर खासै पिङ देखिन पाइँदैन। युवाहरू वैदेशिक रोजगारीमा गएका कारण अहिले त्यति धेरै पिङ देख्न पाइँदैन। अझ प्रविधिको विकाससँगै पिङभन्दा पनि मान्छेहरू प्रविधिसँगै रमाउन थालेपछि गाउँघरतिर पिङ हराएको छ।
तर पिङ भएको ठाउँमा भने युवा, बालबालिकादेखि वृद्धवृद्धासम्मको आकर्षण उस्तै छ। काठमाडौंमा पनि थोरै गल्लीमा पनि पिङ बनाइएको छ। दशैँको अवसरमा ललितपुरको चुनादेवीमा लगाइएको लिङ्गे पिङमा पनि भिड उस्तै छ।
हेरौँ फोटो
तपाईंको ईमेल गोप्य राखिनेछ ।