|

विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका ब्राजिलियन स्टार नेइमार जुनियर असन्तुष्ट रहेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरूले जनाएका छन्।

स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोलेत अझ बार्सिलोना छाडेपछि नेइमार पछुताइरहेको र फेरि बार्सिलोना फर्किने प्रयासमा रहेको दाबीसमेत गरेको छ। अन्य इंग्लिस तथा स्पेनिस मिडियाहरूले पनि नेइमार आफ्नो निर्णयका कारण पनि अप्ठ्यारोमा रहेका छन्। नेइमारविना पनि निरन्तर उपाधिमा एकपक्षीय अग्रता बनाइरहेको पिएसजीको एउटा मात्रै उदेश्य च्याम्पियनस लिग जित्नु हो त्यसमा नेइमार असफल भए स्वभाविक रूपमा उनीमाथि पिएसजी छोडने दबाब बढ्ने भन्दै त्यो अघिनै नेइमार सेफ ल्यान्डिङ गर्न चाहिरहेको जनाइएको छ।

२५ वर्षीय नेइयमार गत सिजन बार्सिलोनाबाट फ्रान्सेली क्लब पिएसजी गएका थिए। विश्वका सर्वाधिक महँगा खेलाडी बनेका नेइमारको लागि पिएसजीले कीर्तिमानी १८९ मिलियन पाउण्ड तिरेको थियो। सिजनको अन्तपछि नेइमारले केही निर्णय गर्न सक्ने जनाइएको छ। जसका लागि क्लबले पनि सिजनको अन्त्यपछि नेइमारलाई रिलिज गर्ने सम्भावना रहेको दाबीसमेत गरिएको छ। 

पिएसजी छाडे नेइमार इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड जान सक्ने आँकलनहरू गरिए पनि रियलभन्दा उनको नजर अब बढी मात्रामा इंग्लिस लिगमानै हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.