वैदेशिक रोजगारीले दशैँ खल्लो

|

उदयपुर : विगत ५० वर्षअघिको दशैँभन्दा अहिलेको दशैँ धेरै फरक भइसकेको छ। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको परिवर्तन र प्रविधिको विकासले दशैँ प्रत्येक वर्ष बदलिँदै गएको छ।

भौतिक पूर्वाधारमा आएको विकास, सूचना प्रविधिमा भएको परिवर्तन दशैँ बदलिनुको मुख्य कारण छन्। वैदेशिक रोजगारीका कारण गाउँ सुनसान हुँदा पनि दशैँ आएजस्तो हुँदैन।

८० वृद्धको नजरमा अहिलेको दशैँ

त्रियुगा नगरपालिका ११ का ८० वर्षे गंगाबहादुर बुढाथोकीको अनुभवामा पनि दशैँ मनाउने चलन फेरिँदै गएको छ।  ‘शरद ऋतुको सौन्दर्य आएको छ, फूल फक्रेका छन्। प्रकृति सुन्दरले भरिएको छ’, बुढाथोकी भन्छन्, ‘भेटघाट, उल्लास बोकेको दशैँको धार्मिक महत्त्व र समाजिक महत्त्व विज्ञानसँग जोडिएको छ। त्यही भएकाले दशैँ फेरिएको हो।’

प्हिले-पहिले दशैँ १५ दिनसम्म सरकारी कामकाजको पनि बिदा दिएर मनाउने चलन भएको अनुभव सुनाउँछन्। ‘नदीनाला ठूलाठूला हुन्थे, वर्षामा बाढी आउँथ्यो, पुर्खाले पैदलै हिँडेर नदी तर्नुपथ्यो, हिउँदमा विवाह हुने चलन थियो’, ८० वर्षे बुढाथोकी भन्छन्, ‘टाढाटाढाबाट घर आउनुपथ्र्यो, पुल थिएन, टाढा भएकाहरूको केही खबर आउँदैन थियो। अहिले टेलिफोनमै खबर आउँछन, जतजातै सडक पुगेको छ। अनि दशैँ पनि फेरिँदै गएको छ।’

एकातिर भौतिक पूर्वाधारमा आएको परिवर्तनले दशैँमा परिवर्तनमा आएको छ भने अर्कोतिर नयाँ पुस्ताले संस्कृति बिर्सँदै गएका कारण दशैँ परिवर्तन हुँदै गएको बुढाथोकी बताउँछन्। ‘सोह्रश्राद्धभरि पितृको पूजा हुन्थ्यो’, उनी भन्छन, ‘अनि नौरथा लागेपछि विभिन्न देवी देवताको पूजा गर्ने चलन थियो। अहिले हट्दै गएको छ।’

शहरीया संस्कृतिले दशैँ बदलियो : संस्कृतिविद् खतिवडा

संस्कृतिविद् तथा प्रा.डा. सोमप्रसाद खतिवडा दशैँ परिवारिक मिलनको पर्व भएको बताउँछन्। ‘घर छाडेर गएका मान्छेहरू वर्ष एकपटक घर पर्खनुपर्छ भनेर पुर्खाहरूले चाडवाडको सुरुवात गरेको पर्व हो’, उनले भने। 

पछिल्लो समयमा दशैँ विवाद फसेको उनी बताउँछन्। ‘यसको बारेमा धेरै बोल्नु उपर्युक्त हुँदैन’, खतिवडाले भने, ‘जुन नौ दिनसम्म पूजा गर्ने चलन छ। त्यो वैज्ञानिक छ। अहिलेका वैज्ञानिकभन्दा पुर्खाहरू धेरै अघि थिए। यसरी शक्ति दिने जमराको आविष्कार गरेर शक्ति प्रदान गर्ने चलन राख्दै पूजा गर्ने संस्कारको विकास गरेको पाइन्छ।’ वर्षमा एकपटक सबै जना फर्केपछि हर्ष, उल्लास, उमंङ्ग, उत्साहा हुन्छ। त्यसैले पनि दशैँ हर्ष उल्लासाहा बोकेर आउने उनी बताउँछन्।

शहरीया विकासको प्रभावले विभिन्न विकृतिहरू क कारण दशैँ खल्लो बन्दै गएको उनी बताउँछन्। जुवा तास खेल्नेलगायतका नराम्रा कामहरू बढ्दै गएकाले परम्परन नै संकटमा पर्छ कि भन्ने चिन्ता रहेको उनी बताउँछन्। 

‘दशैँको विवाद गर्नुको तर्क छैन’

दशैँलाई विभिन्न राजनीतिक, धार्मिक तथा सांस्कृतिक कोणबाट हेरेर विवाद पनि ल्याइने गरिएको छ। ‘दशै सबै जाति र वर्गको हो। त्यसैले संस्कृतिमा राजनीति प्रवेश गराउनु गलत हो,’ ८० वर्षे बुढाथोकी भन्छन्,‘त्यसैले सबै मिलेर यो पर्व मनाउनुपर्छ।’

 राजनीति गर्नेले र संस्कृति माथि आक्रमण गर्नेहरूल दशैँको विवाद गरेको उनको भनाइ छ। ‘यहाँ दशैँ मात्र होइन, छठ, तिहार लगायत हिन्दुको पर्व मनाउनु हुन्न भन्नेहरू धेरै छन्’, उनले भने, ‘जुन म १९ वर्षको हुँदा मेरो गाँउ परिवरिका गाँउ कतै पनि थिएन।’

वैदेशिक रोजगारीले दशैँ खल्लो
प्रया गाँउघरका युवाहरू वैदेशिक रोजगारीमा रहेकाले गाँउघरमा अहिले सुनसान छ। दशैँ पनि खल्लो छ। बेला पिङ हाल्ने, बाटोघाटो सरसफाई गर्ने विभिन्न लोक संस्कृति कार्यक्रमहरू आयोजना हुने परम्परा लोप हुँदै गएको छ। 

दशैँमा चहलपहल त्यति छैन। दशैँलाई उत्साहका साथ मनाउने युवा विदेशतिर छन्। गाउँघरमा वृद्धा, महिला र बालबालिका मात्रै बस्छन्। राम्रो लाउने र मीठो खाने मान्यता बोकेको चाड दशैँ रेमिटेन्सका कारण वर्षभरि नै राम्रो लाउने र मीठो खाने चलनले दशैँमा उत्साह नआएको युवा कुशल राउतको भनाइ छ। 

‘दशैँमा मीठो खाने र राम्रो लाउनुपर्ने बाध्यता हटिसकेको छ’, राउत भन्छन्, ‘पहिलापहिलाको जस्तो २/४ महिनाअघि नै दशैँका लागि जोहो गर्ने बानी हटिसकेको छ। त्यही भएकाले दशैँमा रौनक नआएको हो।’

‘महिनौँ पहिलेदेखि मासुका लागि खसी बोका, राँगा र सुंगुरको जोहो गर्ने चलन पनि लोप हुँदै गएका छन्’, राउत थप्छन, ‘अहिले गाउँमा पनि खसी, राँगा, सुँगुरको फर्म छ, त्यहीबाट किनेर ल्याउने चलनले पनि दशैँको महत्त्व घट्दै गएको हो।’

चामल चिउरा वर्षभरि नै घरमै मौज्दात भइरहेकाले पनि दशैँको महत्त्व घट्दै गएको ग्रामिण क्षेत्रका सर्वसाधारण बताउँछन्। ‘दशैँका लागि मास र चालमको जोहो गर्न आतिनुपर्ने अवस्था रहेन,’ ताप्ली गाँउपालिका-२ का ७९ वर्षीय रणबहादुर विकले भने, ‘अहिले चाहिएको दिन आवश्यक परेको मासु चालम घरमै आउँछ, त्यसैले खानुभन्दा एक दिनअघि मगाउँदा व्यापारीले घरमै ल्याइदिन्छ।’

उदयपुरगढी गाउँपालिका ७ भीमबहादुर बस्नेत भन्छन्, ‘हुर्केका तीन भाइ छोरा सबै विदेशमा छन्, सबैले पैसा पठाउने हुन, मेरो दशैँ नाति र नातिनाँसग हुन्छ।’
ढुङ्गा-माटोको घर, गोरेटो बाटो, आफैँले कुटेर तयार गर्नुपर्ने चिउराका कारण गाउँमा दशैँ धेरै छिटो आउने गरेको बस्नेत स्मरण गर्छन्। 

‘पहिला त घर श्रृंर्गान लिपपोत गर्न, चिउरा, चामलको जोहो गर्न, मासुको बन्दोबस्त गर्न एक महिना अघिबाटै थालिथ्यो’, उनले भने, ‘त्यसो गर्दा पो दशैँ आएजस्तो लाग्थ्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.