|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा आफ्नी आमा मिथिलाको हातबाट उनले टीका र जमरा ग्रहण गरेकी हुन्। त्यसैगरी उनले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गरिन्।

त्यसअघि राष्ट्रपतिले हनुमानढोकास्थित दशैँ घरका मूल पूजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप टीका जमरा ग्रहण गरिन्ग। राष्ट्रप्रमुखलाई दशैँ घरका मूल पूजारीले दुर्गा भवानीको प्रसाद स्वरूप टीका र जमरा लगाइदिने परम्परा छ।

टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो। आफूले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईलाई टीका र जमरा लगाइदिएकी थिइन्।  त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिइन्।

राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपराह्न ३ बजे पछि सर्वसाधारणका लागि टीका लगाइदिँदै छिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.