|

प्रधानमन्त्री : केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा टीका र जमरा ग्रहण गरेका हुन्।

पितासँग टीका लगाउनुअघि उनले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका थिए।  टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिएका छन्। 

प्रधानमन्त्री ओलीले बालुवाटार पुगेका पत्रकारहरुलाई पनि टीका र जमरा लगाई दक्षिणा दिएका छन्। दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न जाने कार्यक्रम तय भएको छ। त्यसपछि प्रधानमन्त्रीले टीका लगाइदिनेछन्।

दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ। अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.