|

डोल्पा : डोल्पाको त्रिपुराकोटमा दँशैको टीका र जमरा आफ्नै साइतमा लगाइने गरिन्छ। नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने परापूर्वकाल देखिनै आफ्नै साइत अनुसार दँशैको टीका लगाउने प्रचलन रहिआएको छ।

नेपालमै प्रशिद्ध शक्तिपिठको रूपमा रहेको त्रिपुरासुन्दरी मन्दिरमा बेलुकीको नित्य पूजापाठ पछिमात्रै सबैले घरघरमा टीका जमरा लगाउन सुरु गर्ने पूजारी देवीकृष्ण उपाध्यायले बताए। ‘नेपालभर टीकाको साइत एउटै भए पनि त्रिपुराकोटमा भने आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाकालागि  दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन ल्याउने गरिन्छ’,पूजारी उपाध्यायले भने।

दशैँको औँसीको दिनदेखि दशमीको दिनसम्मको नवरात्र अवधिमा पूजाका लागि आएका व्रामण र पूजारीहरूबीच एकअर्कामा जमरा टीका लगाएर बिदाई गरेपछि मात्र सबैले आ–आफ्नो घरमा सुरु गर्ने प्रचलन अझै कायम छ। ज्योतिषका अनुसार शुक्रबार बिहानको ९ बजेर ५१ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा भने रातिदेखि मात्र जमरा टीका लगाउन सुरु हुने गर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.