|

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका शाहले यो वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिएका हुन्।

पूर्वराजा शाहले बडादशैँको टीका आमा रत्नको हातबाट ग्रहण गरेका थिए। त्यसलगत्तै निर्मल निवासमा आफन्तसँग टीका लगाउने कार्यक्रम चलेकी थियो। निर्मल निवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको थियो।

आमाको हातबाट आफूले टीका थापेपछि पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिएका हुन्। उनले टीका थाप्न आएका शुभेच्छुकहरूलाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए। उक्त अवसरमा पूर्वरानी कोमलले पनि सर्वसाधारणलाई टीका जमरा लगाइदिएर आशीर्वाद दिएकी थिइन्।

पूर्वराजा शाहसँग टीका थाप्न राप्रपा अध्यक्ष कमल थापालगायतका विशिष्ट व्यक्ति निर्मल निवास पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.