राजनीति

राष्ट्रपतिको हातबाट उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टले लगाए टीका
SHARES

कात्तिक २, २०७५

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन्।

    बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना पिताबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका लगाई जमराको माला लगाईदिएका थिए। प्रधानमन्त्रीसँगै उनकी श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गरेकी छन्।

    यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका थिए।

    त्यसैगरी, सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, कानूनमन्त्री भानुभक्त ढकाल, महिला बालबालिकामन्त्री थममाया थापा, संञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायत मन्त्रीहरू शितल निवास पुगेर टीका र जमरा ग्रहण गरेका छन्। अधिकांश मन्त्रीहरू स-परिवार शितल निवास पुगेका थिए।

    शितल निवास पुगेर सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरीका अधिकृतहरूले पनि राष्ट्रपतिको हातबाट टीका ग्रहण गरेका थिए।

    विशिष्ट व्यक्तिलाई टीका लगाइदिएपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी थिइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]