|

चीनले  आफ्नो एक शहरलाई कृत्रिम चन्द्रमा निर्माण गरि प्रकाश दिने भएको छ। यो चन्द्रमाले ८० किलोमिटरभित्रको दायरलाई प्रकाश दिनेछ। यो चन्द्रमा वास्तविक चन्द्रमाले भन्दा आठ गुणा अधिक प्रकाश दिनेछ। यो प्रकाशक उपग्रहरलाई सन् २०२० सम्ममा चीनको चेन्गदु शहरको दक्षिण पश्चिमी क्षेत्रमा स्थापित गरिनेछ।

यो कृत्रिम उपग्रहले प्राकृतिक उपग्रह चन्द्रमाको पूरकका रूपमा काम गर्ने बताइकएको छ। यसलाई १० देखि ८० किलोमिटरको दायरमा नियन्त्रित गरेर प्रकाश दिने सकिने पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

तर उक्त आयोजनाविरुद्ध विरोध पनि सुरु भएको छ। नागरिकले उक्त आयोजनाले पशुप्राणीहरूका साथै अन्तरिक्षसँग जोडिएको वेधशालसम्ममा विपरीतर असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यद्यपि एक वरिष्ठ वैज्ञानिक कांम वेइमिनले कृत्रिम चन्द्रमाको चमक धेरै नहुने दाबी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.