|

काठमाडौं : शुक्रबार बडादशैँका दिन नेपालीहरूले आफूभन्दा ठूला आफन्तबाट टीका ग्रहण गरेर दशैँ बनाए। दशैँको मुख्य दिन मानिने टीकाको दिनलाई सबैले हर्षोल्लासका साथ मनाउँछन्। 

राजनीतिक दलका नेताहरू पनि शुक्रबार दशैँको टीका लगाउने भ्याइनभ्याई थिए। कार्यकर्तालाई टीका लगाइदिनदेखि आफैँ टीका थाप्नमा व्यस्थ थिए नेताहरू। सबैले टीका लगाएको फोटोहरू सामाजिक सञ्जालमा पनि राखेका छन्। प्रविधिको विकासले कसले कसरी दशैँ मनाउँदैछ भन्ने जान्न सहज भएको छ।

टीका लगाएर सामाजिक सञ्जालमा नहाल्ने त कमै छन्।  यसबाट कलाकारहरू पनि अछुत रहेनन्। उनीहरूले पनि परिवारसँग दशैँ मनाउँदै फोटोलाई सामाजिक सञ्जालमा समेत हाले। कलाकारको दशैँ कस्तो रह्यो त? केही कलाकारको फेसबुकबाट उनीहरूले दशैँ मनाएको फोटो लिएका छौँ। हेरौँ कुन कलाकारको कसरी मनाए  विजया दशमी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.