|

काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिका–६ तीनपिप्लेका ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन्। सम्राट बिहान ढुङ्गानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए। 

मैनालीले भने, ‘बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन गर्‍यौँ अहिलेसम्म कतै भेटिएन ।’ सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन्। 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि शनिबार बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ। प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, ‘मातहतका सबै निकायमा सूचना गरी खोजतलास सुरु गरिसक्यौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.