|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्। शिक्षा सदन किर्तीपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई बडादशैँको दोस्रो दिन प्रधानमन्त्री ओली र उनकी श्रीमती राधिका शाक्यले टीका लगाइदिएका हुन्। 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा संक्रमित बालबालिका टीका लगाउन आएका थिए। 

त्यस अवसरमा बालबालिकाहरूले गायन लगायत विभिन्न विधाका कला प्रष्तुत गरेका थिए। प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरूका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरूसँग चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.