|

काठमाडौं : भक्तपुर सूर्यविनायक नगरपालिक सिपाडोल-८ स्थित एसएस पोल्ट्री फर्ममा काम गर्ने एक जनाको हत्या भएको छ।

शुक्रबार विजया दशमीको टीकाका दिन सोही फर्मका काम गर्ने रोल्पा गुमताङ गाउँपालिका ९ का धनबहादुर परियारले मादक पदार्थ सेवन गरेर रोल्पाकै रुम्टीगढी गाउँपालिकाका ३७ वर्षीय मिलन भन्ने गंगाराम दमाईको हत्या गरेकाे भक्तपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

आपसी बिबाद हुँदा बाँसको लाठीले परियारले दमाईलाई प्रहार गरी घाइते बनाएका थिए। घाइते दमाईको भक्तपुर अस्पतालमा मृत्यु भएको थियाे। धनबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.