|

जनकपुुरधाम : विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा उत्पादन गर्ने विश्वविद्यालय अर्थात उद्योगको नीति नै त्रुटिपूर्ण रहेको बताएका छन्। शनिबार मन्त्री पोखरेलले कमजोर विद्यार्थीलाई शिक्षण पेशामा संलग्न गराउने तथा भर्ना लिने विश्वविद्यालयको नीतिमा नै परिवर्तन गरी शिक्षामा आमूल परिवर्तनकाे आवश्यकता रहेको बताएका हुन्।

महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा आयोजित उच्चशिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले शिक्षणकला महत्वपूर्ण पाटो भएकोले शिक्षकले आफ्नो जागिरे मानसिकता त्यागेर शिक्षण पेशालाई अँगाल्न जरुरी रहेको बताए। उनले भने, 'राजनीति आन्दोलनबाट देशमा जसरी परिवर्तनभयो। सोही अनुरुप शिक्षणमा समेत शिक्षा आन्दोलनबाट आमूल परिवर्तनको आवश्यकता रहेको छ।’

शिक्षाको पुरानो शिक्षा पद्धतिलाई पनि भत्काएर नयाँ शिक्षण पद्धति अँगाल्नुपर्ने बेला आइसकेकोले देशमा सातलाख शिक्षकले शिक्षण पेशाको लाइसेन्स लिएर बसेकालाई समायोजन नहुन्जेल सम्मका लागि शिक्षा शास्त्रको अध्ययन अध्यापन रोक्नु पर्ने मन्त्री पोखरेलको भनाई थियो। मन्त्री पोखरेलले भने, 'सामुदायिक स्कुलबाट कलेजलाई झिक्नु पर्ने खाका अघि बढिसकेको छ। सामुदायिक बिद्यालय रुपान्तरणका लागि शिक्षकले मात्रै पढाएर हुँदैन। घर, परिवार तथा अभिभावकले समेत उत्तिकै ध्यान दिनुपर्छ।’

शिक्षामन्त्री पोखरेलले भने, ‘शिक्षा संकायको पढाइ अहिलेलाई रोकौ, शिक्षण पेशाको जनशक्ति धैरै भयो, शिक्षक उत्पादन धेरैभयो। अब प्राविधिक शिक्षामा जोड दिऊ।’ हरेक विद्यार्थीले प्लस २ पढाइ सकिँदा अनिवार्य एउटा सीप सिकेर विद्यालय शिक्षा सिकाउनु पर्ने गरी शिक्षामा रुपान्तरण गर्नुपर्ने उनको भनाइ छ। उनले भने, 'प्राविधिक शिक्षा कालोपाटीमा पढाएर हुँदैन। प्राविधिक शिक्षालाई टेक्नोलोजीको विकास क्रमको गतीमा लग्नुपर्छ। अहिले देशभर सातलाख शैक्षिक लाइसेन्सधारीहरू शिक्षक छन्। शिक्षा संकायमै त्रुटि रहेका कारण केही समयको लागि अहिले यसलाई बन्द गरौं।’

कार्यक्रममा शिक्षामन्त्री पोखरेलले श्रम सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडनु पर्ने बताए। उनले २५४ विद्यालयमा प्राविधिक शिक्षाको स्वीकृति दिइसकिएकाले गौशाला नगरपालिकाको लागि देशको कुनै पनि स्थानमा नभएको प्राविधिक शिक्षा ल्याउने तयारी रहेकाे पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.