|

कञ्चनपुर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाको झलारी बजारमा अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा तीनदिन पछि सुचारु भएको छ। अप्टिकल फाइवर काँटिदा अबरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको हो। दशैंको एक दिन अघिदेखि अबरुद्ध सेवा प्राविधिक अभावमा अबरुद्ध भएको थियो।

नेपाल टेलिकम कार्यालय कञ्चनपुरका प्रमुख रुपबहादुर रावलले नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियाबाट प्राविधि झिकाई अबरुद्ध टेलिफोन र इन्टरनेट सेवा सुचारु गरिएको बताए। दशैंका बेला प्राविधिक सबै विदामा घर गएकाले समयमै मर्मत गर्न सकिएन उनले भने, ‘प्राविधिक आएपछि सेवा सुरु भएको छ।’

दशैंका बेला टेलिफोन लाइन र इन्टरनेट सेवा अबरुद्ध हुँदा नगरपालिकाका हजारौं सेवाग्राही सेवाबाट वञ्चित रहेका थिए। नगरपालिकामा नेपाल टेलिकमका तार सहितको टेलिफोन (पिएटिएन) लाइन ३०० र एडिएसएल इन्टरनेट लाइन २०० बढी  वितरण गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.