|

लहान : सिरहाको मिर्चैयाबाट प्रहरीले नलकटुवा पेस्तोलसहित एक युवाई पक्राउ गरेको छ। पक्राउपर्नेमा मिर्चैया नगरपालिका-१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेका छन्। जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा शनिबार एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधसहित पक्राउ

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका-९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आफ्नो घरमा तीनवटा बोरामा लागुऔषध प्याक गरी राखेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित धनगढीमाई नगरपालिका–९ का दलुवा भन्ने गङ्गाप्रसाद यादवलाई पक्राउ गरेको हो।

यादवको घरभित्र बोरामा प्याक गरिएका अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोक्याट छ डब्बा (एक हजार ८०० थान), स्पासमोल छ डब्बा (८६४ थान) र पलोडविन १८० थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.