समाज

न्यून दृष्टियुक्त व्यक्तिलाई मासिक दुई हजार
SHARES

कात्तिक ३, २०७५

    नुवाकोट : विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक दुई हजारका दरले ३० हजार उपलब्ध गराएका छन् । 

    आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उनले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराएका हुन्। 

    'यो सेवा आफू जनप्रतिनिधि रहुञ्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु', प्रमुख पण्डितले भने, 'अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु।' 

    जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुवा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आएका छन्। 'सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो', नेपालीले भने, 'प्रमुखले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]