|

स्पेनिस जाइन्ट रियल म्याड्रिड आफ्नो एेतिहासिक खराव प्रदर्शनको सिकार भएको छ। रियल म्याड्रिड लालिगा फुटबलमा लगातार चौंथो खेलमा जितविहीन रह्याे।

पछिल्ला पाँच मध्ये तीन खेलमा हार र एक बराबरीको सिकार भयो। जारी प्रतियोगितामा शनिबार ९ खेल खेलेको रियल म्याड्रिड पाँचौ स्थानमा धकेलिएको छ। रियल ९ खेलबाट ४ जित, ३ हार र २ बराबरीसहित १४ अंक रहेको छ। 

घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा लेभान्तेसँग २–१ ले स्तब्ध भएसँगै प्रशिक्षक लोपेटोगुइको जागिर समेत धरापमा परेको छ। केही समय अघिबाटै प्रशिक्षक वर्खास्त गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा शनिबारको हारले उनीमाथि दबाब थप बढेको छ।

रियल म्याड्रिड पहिलो हाफको सुरुवातमानै पछाडि परेको थियो। लेभान्तेका लुइस मोरालेसले सातौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। उनले सर्जियो पोस्टिगोको पासमा गोल गरेका थिए। त्यसको ६ मिनेटमा लेभान्तेले अग्रता दोब्बर पारे। रोजर मार्टिेले पेनाल्टीमा गोल गर्दै खेलमा २–० को अग्रता कायम गरे।

दोस्रो हाफमा केही आक्रामक प्रयास गरे पनि रियल बराबरी गर्न समेत असफल भयो। दोस्रो हाफको सुरुवातमा ग्यारेथ बेल मैदान प्रवेश गरेका थिए। ६० अाैं मिनेटमा करिम बेन्जेमा र डानी सेबालोस पनि वैकल्पिक खेलाडीका रूपमा मैदानमा छिरे। करिम बेन्जेमाले ७२ अौं मिनेटमा दिएको पासलाई ब्राजिलियन स्टार मार्सेलोले गोल गर्दै रियल म्याड्रिडलाई खेलमा फर्काउने प्रयास गरे।

रियलका धेरै राम्रा प्रहारलाई गोलरक्षकले असफल पारे। अंक तालिकाको तल्लो हाफमा रहेको लेभान्ते जितपछि सातौं स्थानमा उक्लिएको छ। रियलले घरेलु मैदानमा पराजय भोगेसँगै लिगको शीर्षस्थानमा उक्लने मौका गुमायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.